Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१६, आषाढ २०७८
बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - ११:२१:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology