काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको भाउ स्थिर रहेको छ । स्थानीय बजारमा आइतवार २०० रुपैयाँले बढेको सुनको भाउ सोमवार भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतवार छापावाला सुन सोही भाउमा खरीदविक्री भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सोमवार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतवार प्रतितोला १ हजार ३०५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही भाउमा किनबेच भइरहेको छ ।