Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

दैनिकी न्यूज

१२, आषाढ २०७८
तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति
images

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट असार १० गते अनुमति पाएको हो। अव कम्पनीले ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरण स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०६:२८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology