काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले १०० रुपैयाँ दरले ३ लाख ८९ हजार कित्ता आइपीओ निश्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले चुक्तापूँजीको ३२.११ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो । कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले अव ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो लघुवित्तले लुम्बिनी प्रदेशका ९ जिल्लामा ३६ शाखा कार्यालयबाट सेवा दिंदै आएको छ ।