काठमाडौं । असार लागेदेखि लगातार घट्दै आएको सुन तथा चाँदीको भाउ सोमबार समान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो।