काठमाडौं । मंगलबार झिनो अंकले नेप्से सूचकमा करेक्सन आएको छ।
नेप्से सूचक ३.७२ अंकले घटेर ३०२२.११ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५०.२६ को विन्दुमा उक्लिएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटामा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन अन्य समूह सर्वाधिक ३.९९ प्रतिशतले बढेको छ । लगानी समूह २.०७ प्रतिशत, होटेल तथा पर्यटन समूह १.५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.३५ प्रतिशतको बढेको छ । उता यो दिन विकास बैंक समूह सर्वाधिक ४.४२ प्रतिशतले गिरावट आएको छ । वित्त समूह ३.२९ प्रतिशत, जलविद्युत समूहमा २.८ प्रतिशत, बैंकिङ समूह ०.३४ प्रतिशत, जीवन बीमा समूह ०.०७ प्रतिशत, लघुवित्त समूह ०.७३ प्रतिशत, निर्जीवन बीमा समूह ०.०१ प्रतिशत र व्यापार समूह ०.२७ प्रतिशतले गिरावट आएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ५२ करोड ३१ लाख, हिमालयन डिस्टिलरीको ४२ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३४ करोड ५५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३४ करोड १४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३२ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३० करोड ४४ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २८ करोड ७ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २७ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सीईडीबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यता छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.६६ प्रतिशतले घटेको छ। यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।