काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो।
लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।
जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।