काठमाडौं । आइतवार सुनको भाउ घटेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही भाउमा किनबेच भइरहेको छ ।