Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेले बनायो हालसम्मकै नयाँ रेकर्ड

नेप्सेले बनायो हालसम्मकै नयाँ रेकर्ड

दैनिकी न्यूज

२५, जेठ २०७८
नेप्सेले बनायो हालसम्मकै नयाँ रेकर्ड
images

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ। नेप्से आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेप्से दैनिक उकालो लाग्दा ३००० बिन्दु नजिक पुगेको छ। आज नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स पनि ७.४७ अंक बढेर ५२८.१० बिन्दुमा पुगेको छ।

मंगलबार २१७ कम्पनीको ३ करोड ५४ लाख ४४ हजार कित्ता शेयर कुल १६ अर्ब ८३ करोड ३४ लाख ५८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९।०४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक ८।७१ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । यता उत्पादनमूलक, अन्य र म्युचुअल फण्डको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आज ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ । जसमध्ये मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। 

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - २१:२४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology