Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान

दैनिकी न्यूज

२५, जेठ २०७८
यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान
images

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्बजनिक गरेको छ ।
हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव छ ।
देशका केही पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।

 

२०७८ जेठ २५ गते (मंगलबार)

दिउँसो: प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को
सम्भावना रहेको छ।

 

२०७८ जेठ २६ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ २६ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - ०७:२५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology