काठमाडौं । नेपाली बजारमा सोमवार सुनको भाउ बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार ३०० रुपैयाँले बढेको सुनको भाउ सोमवार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १ हजार ३५० रुपैयाँ खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य ५ ले बढेको हो ।