काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४०० रुपैयाँले बढेको हो । बुधबार सुनको भाउ तोलामा एक सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।