Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

दैनिकी न्यूज

६, जेठ २०७८
बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।

बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै अधिवेशन बोलाउने तयारी भए पनि मिति भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विपक्षी दलले सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुपर्नेहुन्छ । तर, अहिलेसम्म अधिवेशन आह्वान नहुँदा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको आशंका गरिन थालिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेमा सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विपक्षी दलको भनाइ छ । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेका ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एक महिनाभित्र विश्वासको मत लिन नसके राष्ट्रपतिले बहुमत पु(याउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।

तर, धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि लिन नसकेमा र विपक्षी दलले पनि बहुमत पु¥याउन सफल नभए ‘मध्यावधि निर्वाचन’तर्फ मुलुक धकेलिने सम्भावना बढी छ । प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि १ सय ३६ सांसदको समर्थन लिनुपर्ने देखिएको छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ ।

यद्यपि, एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले विश्वासको मत दिने वा नदिने अझै टुंगो लागेको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद एक(एक सांसद छन् ।

कांग्रेस र जनता समाजवादी पार्टीका दुई(दुई सांसद निलम्बित छन् । माओवादी केन्द्रको ५४ सांसद रहेको पार्टी छाडेका चार पदमुक्त भएपछि ४९ जना मात्र छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा प्रधानमन्त्री ओलीले ९३ मत मात्र पाएका थिए । उनको विपक्षमा १ सय २४ मत र तटस्थमा १५ मत परेको थियो ।

कांग्रेस, माओवादी केन्द्र र जपसा अध्यक्ष उपेन्द्र यादवनिकट सांसदले विपक्षमा मतदान गरेका थिए भने एमालेभित्रका नेपाल पक्ष २८ सांसद उपस्थित भएका थिएनन् । जपसाका महन्थ ठाकुर पक्षका १५ सांसदले तटस्थमा मतदान गरेका थिए । जसपाले पछिल्लोपटक अन्य दलको नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र सहभागी तर आफ्नै दलको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय लिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०६:४३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology