Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा उछाल, मंगलबार नयाँ रेकर्ड कायम

नेप्सेमा उछाल, मंगलबार नयाँ रेकर्ड कायम

दैनिकी न्यूज

४, जेठ २०७८
नेप्सेमा उछाल, मंगलबार नयाँ रेकर्ड कायम
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई नयाँ रेकर्ड कायम भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २८ सय अंक नजिक पुग्दा सबैभन्दा बढी शेयर कारोबार भई नेप्सेले एकैदिन दुई नयाँ रेकर्ड कायम गरेको हो।

नेप्से मंगलबार ३४.६८ अकंले वृद्धि भई नयाँ रेकर्ड कायम गर्न सफल भएको हो। नेप्से आज २७९३.९० विन्दुमा पुगेर बन्द भएको छ।

मंगलबार सेन्सेटिभतर्फ पनि ४.६४ अंक वृद्धि भइ ४९७.२३ अंकमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहको शेयर मूल्य बढेको छ भने एउटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक २०४.१४ अंकले बढेको छ । होटेल तथा पर्यटन समूह २००.१८ अंक, बैंकिङ समूह ४.७१ अंक, व्यापार समूह ७६.८ अंक, विकास बैंक समूह १००.४६ अंक, जलविद्युत समूह ९६.९८ अंक, वित्त समूह ८०.५५ अंक, निर्जीवन बीमा समूह ८१.०७ अंक, अन्य समूह १६.५१ अंक, लघुवित्त समूह ८५.४१ अंक, म्युचुअल फन्ड समूह ०.०६ अंक र लगानी समूह २.८५ अंकले बृद्धि भएको छ । उता उत्पादन तथा प्रशोधन समूह ५.२८ अंकको गिरावट आएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ३१ करोड ५६ लाख, अरुण काबेली पावरको ३१ करोड ४३ लाख, आइएमई जनरल इन्स्योरेन्सको ३० करोड ८४ लाख, नागरिक लगानी कोषको २७ करोड ६६ लाख, नेसनल हाइड्रोपावरको २७ करोड ६१ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २० करोड ८१ लाख, बुटवल पावर कम्पनीको १९ करोड ६३ लाख, सिनर्जी पावर डेभलपमेन्टको १८ करोड ९६ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १८ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

३४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। त्यसमध्ये हिमाल दोलखा हाइड्रोपावार, समता लघुवित्त, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, ओरियन्टल होटल, सोल्टी होटल, कालिका पावर कम्पनी, मिथिला लघुवित्त, विशाल बजार, बेस्ट फाइनान्स, घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ। अन्य २३ वटा कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ।

आज नेपाल टेलिकम र माथिल्लो तामाकोशीको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ। 

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - २१:३३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology