Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ ?

दैनिकी न्यूज

४, जेठ २०७८
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ ?
images

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको भाउ तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:५२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology