Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र, अब पाँच जना बढी भेला हुन नपाइने

ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र, अब पाँच जना बढी भेला हुन नपाइने

दैनिकी न्यूज

३१, बैशाख २०७८
ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र, अब पाँच जना बढी भेला हुन नपाइने
images

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।

शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो। सो आदेश निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएका हुन्।

शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो। रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।

3.jpg

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १८:०४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology