Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधवार सुनको भाउ घट्यो, चाँदीको स्थिर

बुधवार सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२९, बैशाख २०७८
बुधवार सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको भाउ घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार ३०० रुपैयाँले उकालो लागेको सुनको भाउ बुधवार सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलवार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि सोही भाउमा खरीदविक्री भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ११:५१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology