Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ बढ्यो

बिहीबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२३, बैशाख २०७८
बिहीबार सुनको भाउ बढ्यो
images

काठमाडौं । बिहीबार सुनको भाउ बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । महासंघको तथ्यांक अनुसार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । बुधबार सुनको भाउ घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको थियो ।

बिहीबार सुनको भाउ बढेतापनि चाँदीको भाउ ओरालो लागेको छ । चाँदीको भाउ लगातार दोश्रो दिन घटेको हो । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको भाउमा गिरावट आएर एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १३:१२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology