Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार नेप्से झिनो अंकले बढ्यो

मंगलबार नेप्से झिनो अंकले बढ्यो

दैनिकी न्यूज

२२, बैशाख २०७८
मंगलबार नेप्से झिनो अंकले बढ्यो
images

काठमाडौं । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक १.९४ अंकले बढेको छ। १.९४ अंकले बढेर २ हजार ६५४.६९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

सोमबार दोहोरो अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको हो। मंगलबार २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता शेयर ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सोमबार ७ अर्ब भन्दा बढीको शेयर कारोबार भएको थियो। आज १३ समूह मध्ये ६ वटा समूहको सूचक वृद्धि भएको छ। ९ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा वृद्धि भएको छ।

कारोबार रकममा २३ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ। दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा ग्रामीण विकास लघुवित्त कम्पनी परेका छन्। 

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १५:४७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology