Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, तोलाको कति ?

सुनको भाउ बढ्यो, तोलाको कति ?

दैनिकी न्यूज

२१, बैशाख २०७८
सुनको भाउ बढ्यो, तोलाको कति ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । सोमबार पनि सुनको भाउ तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९० हजार एक सय रुपैयाँ रहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

देशका अधिकांश स्थानमा यतिबेला कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको छ । फलस्वरूप सुनचाँदी व्यवसाय निकै प्रभावित बनेको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १४:३८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology