काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ।
अघिल्लो दिन (बिहीबार) प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, यस दिन तेजाबी सुनको भाउ प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउसँगै यस दिन चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।