Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानसहित तीन जनाको मृत्यू

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानसहित तीन जनाको मृत्यू

दैनिकी न्यूज

११, बैशाख २०७८
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानसहित तीन जनाको मृत्यू
images

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ ।

सिन्धुलीको भिमानबाट दूधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल चन्दनपुरमा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा रहेका तीन जनाको मृत्यू भएको हो ।

दुर्घटनामा परि चालक दूधौली नगरपालिका वडा नं. ४ डकाहाका २६ वर्षीय यम कुमर (दनुवार) र उनका भतिज १३ वर्षीय आशिष कुमरको घटनास्थलमा नै मृत्यू भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिद कुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यू भएको उनले बताए । 

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - ०३:५२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology