काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार २९० रहेको महासंघले जनाएको छ ।