Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट

यसरी भयो सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

२७, चैत्र २०७७
यसरी भयो सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो ।

यी आवेदकहरुबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले बताएको छ । योग्य आवेदकमध्यबाट १२ लाख ९५ हजार ८३० जनाको हात खाली भएको छ । 

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १४:५०:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology