Logo

शनिवार, आश्विन २४ गते २०८३

images

निक्षेप १० अर्बले, कर्जा प्रवाह २८ अर्बले बढ्यो

निक्षेप १० अर्बले, कर्जा प्रवाह २८ अर्बले बढ्यो

दैनिकी न्यूज

१७, चैत्र २०७७
निक्षेप १० अर्बले, कर्जा प्रवाह २८ अर्बले बढ्यो
images

काठमाडौं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ६ चैतसम्म वाणिज्य बैंकमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ चैतसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ ।

गत ६ चैतसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ३४ खर्ब ६२ अर्ब कर्जा लगानी भएको पाइएको छ । गत ६ चैतसम्म १ खर्ब ८ अर्ब विदेशी रुपैयाँ निक्षेप रहेकोमा १३ चैत्रसम्म आइपुग्दा १ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा पनि ६ गतेसम्म १ खर्ब ३१ अर्ब थियो भने १३ गतेसम्म आइपुग्दा १ खर्ब ३४ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत १२ चैतसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको छ । यो अघिल्लो दिनभन्दा १ अर्बले बढी हो । यसैगरी कर्जातर्फ १३ चैत्रसम्ममा ३९ खर्ब ५ अर्बको कर्जा लगानी भएको छ । अघिल्लो दिनसम्ममा कर्जा ३८ खर्ब ९९ अर्ब प्रवाह भएको थियो ।

‘क’ वर्गका २७ वटा वाणिज्य बैंकबाट १२ चैत्रसम्म ३८ खर्ब ४५ अर्ब निक्षेप संकलन भएको थियो । अरू वित्तीय संस्थाबाट भने ५ खर्ब २२ अर्ब निक्षेप संकलन भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७७।७२ प्रतिशत पुगेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - ०६:३४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology