Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो

शुक्रबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

१३, चैत्र २०७७
शुक्रबार सुनको भाउ घट्यो
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रवार) नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रवार स्थानीय बजारमा छापावाल सुनको भाउ प्रति तोलामा ६०० रुपैयाँले घटेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार प्रतितोला १ हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही भाउमा खरीदविक्री भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - ११:४२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology