काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । सोमबार सुन तोलामा ८७ हजारमा कारोबार हुने गरी भाउ निर्धारण भएको छ । आइतबार छापवाला सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ५५० मा कारोबार भैरहेको छ । आइतबार तेजाबी सुन तोलामा ८६ हजार ७५० मा कारोबार भएको थियो ।
चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार २६० मा कारोबार हुने गरी भाउ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।