काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ र तेजबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ८७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।