काठमाडौं । आज (शुक्रबार) सुनको भाउ प्रतितोला ६ सयले घटेर ८६ हजार २ सय रूपैयाँमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन ८५ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।