काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक र अरुण कावेली पावरको ३ करोड ४६ लाख ८३ हजार १सय १६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बुधवार नबिल बैंकको ३३.५० प्रतिशत बोनस शेयर वापतको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता र अरुण कावेली पावरको ५.७१ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५६ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
आइतवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।