काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) फेरि बढेको छ । मंगलबार सुनको भाउ तोलामा ८५ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । मंगलबार सुनको भाउ तोलामा ६ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८६ हजार २०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८५ हजार ७५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ हजार २७० रुपैयाँपुगेको महासंघले जनाएको छ ।