ललितपुर । लागु औषध सहित ३ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला, फाखेल–८ घर भई हाल ललितपुर–१४ थसीखेल बस्ने बर्ष ३१ को दिनेश खड्का रहेका छन् । फागुन १६ गते यातायात ब्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा शंकास्पद रुपमा पैदल हिड्दै गरेका खड्कालाई शरीर खानतलासी गर्दा शरीरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट Phenergan लेखिएको एम्पुल ७, Noophin लेखिएको एम्पुल ७, Diazepam लेखिएको एम्पुल ७ समेत बरामद गरेको छ छ । ललितपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप भई लागु औषध डाईजाल्याब समेत कसुर मुद्दामा अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी दिनेश घिमिरेले बताए ।

त्यस्तै लागु औषध सहित मकवानपुर फाखेल–८ घर भई हाल थसीखेल बस्ने बर्ष १९ को युवराज राना मगर र काभ्रेपलान्चोक बनेपा–६ घर भई हाल काठमाडौं–१५ डल्लु बस्ने बर्ष २१ को शिव लुंईटेललाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको शरिर खानतलासी गर्दा युवराजले लगाएको कालो रंगको जिन्स पाईन्टमा लुकाई छिपाई कागजमा टेप लगाई बेरिएर राखेको अवस्थामा अबैध लागु औषध NITRAZEPAM ७६५ ट्याबलेट बरामद गरेको छ । उनीहरुलाई लागु औषध नाईट्राजापाम कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको डीएसपी घिमिरेको भनाई छ । फागुन १३ गते ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं. ४ कमलपोखरीमा डिउटीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भाग्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
चोरी मोटरसाइकलसहित खड्का पक्राउ
चोरी गरेको मोटरसाइकलसहित महालक्ष्मी नगरपालिका वडा नं. ८ शंखादेवीका निराजन खड्कााई प्रहरीले फागुन १२ गते पक्राउ गरेको छ । गत माघ १३ गते राती महालक्ष्मी–२ स्थित सडकमा पार्किङ गरी राखेको बा ३० प ७७१६ नम्बरको टि.भि.एस. मोटरसाइकल र फागुन ११ गते किष्ट अस्पतालको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको बा ६७ प ७८९६ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल एमआई कम्पनीको मोबाईल, रेड्मी कम्पनीको मोबाईल र नगद रु. ४ हजार हराएको वृत्त सातदोबाटोमा उजुरी दिएका थिए । उजुरीको आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल बरामद भएको र खड्कलाई पक्राउ गरी चोरी गरेको कसुर मुद्दामा अनुसन्धान भैरहेको वृत्त सातदोबाटोले जनाएको छ ।
