Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, फाल्गुण २०७७
सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ८६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो (बुधबार) भने सुनका भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो (बुधबार) भने चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - ११:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology