Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, तोलाको कति ?

सुनको भाउ बढ्यो, तोलाको कति ?

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
सुनको भाउ बढ्यो, तोलाको कति ?
images

काठमाडौं । अघिल्लो दिन गिरावट भएको सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएर प्रतितोला ८७ हजार रुपैयाँ पुगेको थियो ।

यसैगरी बुधबार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउमा पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ४० रुपैयाँले ओरालो लागेर १ हजार २९० रुपैयाँमा झरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १४:४९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology