Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २१ गतेदेखि निष्काशन हुने

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २१ गतेदेखि निष्काशन हुने

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २१ गतेदेखि निष्काशन हुने
images

काठमाडौं । । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँबराबरको आईपीओ दुई दिनअगावै निष्कासन हुने भएको छ।

सिडिएस एण्ड क्लियरिङको आग्रहमा कम्पनीको शेयर निष्काशन मिति अघि सरेको हो । सिडिएसले कारोबार समयमा चाप आउन सक्ने भन्दै शेयर निष्काशन मिति सार्न आग्रह गरेको थियो । अब यो कम्पनीको आईपीओ फागुन २१ गते शुक्रबारदेखि निष्कासन हुने भएको छ। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - ०६:३७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology