काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुनको मूल्य तोलामा ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८७ हजार कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८६ हजार ५५० सय कायम गरिएको छ ।
त्यस्तै, सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।