Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१७, फाल्गुण २०७७
सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

साताको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। फागुन ११ गतेदेखि फागुन १६ गते, आइतबारसम्ममा सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो साताको बिहीबारबाट यस साताको आइतबारसम्ममा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको थियो। सो दिन चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँ तोकिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १२:१३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology