Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज ३ करोड कित्ता बढी शेयर सुचिकृत

आज ३ करोड कित्ता बढी शेयर सुचिकृत

दैनिकी न्यूज

१३, फाल्गुण २०७७
आज ३ करोड कित्ता बढी शेयर सुचिकृत
images

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वाणिज्य बैंकको ३ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मेगा बैंक, कृषि विकास बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सुचिकृत भएको हो ।

आज मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनस शेयर, कृषि विकास बैंकको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनस शेयर र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजर १ दशमलव ४७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नै ग्लोबल आइएमई लघुवित्तको २७.४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २०:२२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology