Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यू

ललितपुरमा यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यू

दैनिकी न्यूज

१०, फाल्गुण २०७७
ललितपुरमा यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यू
images

ललितपुर । ललितपुरको जावलाखेलमा बसले किचेर एक युवतीको ज्यान गएको छ ।

जावलाखेलबाट भैंसेपाटीतर्फ जाने क्रममा ट्राफिकले चेकजाँच गरिरहेको स्थानमा स्कुटर दुर्घटना भएर बसले किच्दा उदयपुर कटारीकी २३ वर्षीया सिर्जना राईको ज्यान गएको हो।

ट्राफिकले चेकजाँचका लागि स्कुटर रोक्दा सँगै आएको यात्रुबाहक बसको मुनि परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । मृतक युवती ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलमा पसल गरेर बस्दै आएकी थिइन् ।

प्रहरीले जावलाखेलबाट एकान्तकुनातर्फको सडकमा चेकजाँच गरिरहेको थियो । प्रहरीले गाडी चालक दिनेश खड्कालाई नियन्त्रणमा लिएको छ । आफन्तले भने ट्राफिक प्रहरीको लापरबाहीले ज्यान गएको भन्दै विरोध गरेका छन् । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:५५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology