काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । सोमबार प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यस्तै एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।