काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (सोमबार) स्थिर रहेको छ । आइतबार सुनको भाउ तोलामा ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८९ हजार कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८८ हजार ५५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आइतबार चाँदीको भाउ तोलामा १ हजार ३३० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३३५ पुगेको महासंघले जनाएको छ ।