Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

५३ प्रतिशतले पाए कोरोना बिमा भुक्तानी

५३ प्रतिशतले पाए कोरोना बिमा भुक्तानी

दैनिकी न्यूज

१०, फाल्गुण २०७७
५३ प्रतिशतले पाए कोरोना बिमा भुक्तानी
images

काठमाडौं । कोरोना बिमामा परेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । ती दाबीउपर ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको नियामक निकाय बिमा समितिले जनाएको छ । कागजात पुगेका कुल दाबीको करिब साढे ५३ प्रतिशत हो । त्यसयता पनि बिमा भुक्तानी भएको छ । यसकारण दाबी भुक्तानी संख्या अझै बढ्ने बिमा कम्पनीहरूको दाबी छ ।

फागुन ७ सम्म सबै बिमा कम्पनीमा गरी ८० हजारभन्दा बढी बिमा दाबी परेको जनाइएको छ । त्यसमध्ये ७७ हजार १ सय २८ वटा दाबीको मात्र कागजात पूरा भएको सरकारी तथ्यांक छ । कागजात पुगेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ को भुक्तानी भएको हो । भुक्तानी हुन बाँकी दाबीमध्ये ५ हजार ३ सय १३ वटा स्वीकृतिको प्रक्रियामा रहेको, ९ हजार ७ सय ३४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता हुन बाँकी रहेको र २ हजार ३ सय १९ वटा दाबी ईडीसीडी पठाउने तयारीमा रहेको जनाइएको छ । ३ हजार ५ सय ७५ वटा दाबी भुक्तानीका लागि बिमा कम्पनीमा पठाइएको, १४ हजार ७ सय ७१ दाबी उपर छानबिन ९परीक्षण० भइरहेको र ४ सय ५५ वटा दाबी भुक्तानीयोग्य नरहेको समितिको तथ्यांक छ ।

बिमा समितिका अनुसार हालसम्म १ लाख ५८ हजार ७७ हजार बिमालेखमार्फत करिब १७ लाख १६ हजार जनाले कोरोना बिमा गरेका छन् । ती बिमालेख बिक्रीमार्फत झन्डै १ अर्ब ९९९ करोड ५ लाख० रुपैयाँ शुल्क संकलन भएको बताइएको छ । बिमा कम्पनीहरूले हरेक दिनजसो दाबी भुक्तानी दिइरहे पनि भुक्तानी नपाएको गुनासो आइरहेको छ । गत साउन–भदौमा दाबीका लागि आवेदन दिए पनि अझै भुक्तानी पाउन नसकेको उनीहरूको भनाइ छ । यद्यपि बिमा समिति र कम्पनीहरूले भने भुक्तानी लयमा आइसकेकाले आगामी दिनमा गुनासो कम हुँदै जाने दाबी गरेका छन् ।

बिमा भुक्तानीको प्रक्रिया केही लामो बनेको र सुरुदेखिकै केही दाबी नसकिएकाले गुनासो अझै कायम रहेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘बिमा पुलमार्फत धमाधम भुक्तानी दिने काम भइरहेको छ,’ उनले भने, ‘म आएपछि पनि कम्पनीहरूलाई मापदण्ड पुगेका दाबीको भुक्तानी सक्दो छिटो गर्न निर्देशन दिएको छु ।’ यसअघिको सम्झौताअनुसार बिमा कम्पनी, नेपाल पुनर्बिमा र बिमा समितिले लिनुपर्ने दायित्वबापतको रकम पनि भुक्तानी भइसकेको छ । जसअनुसार हालसम्म बिमा कम्पनीहरूले १ अर्ब, पुनर्बिमाले १ अर्ब र बिमा समितिले १ अर्ब रुपैयाँ निकासा गरिसकेको उनले जानकारी दिए । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - ०७:५६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology