काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एकैदिन ८५ लाख कित्ता बढी थपिएका छन्।
नेप्सेमा ३ जलविद्युत् कम्पनीका बोनस र हकप्रद सेयर गरी कुल ८५ लाख १ हजार ९३७ कित्ता थपिएका हुन्। नेप्सेमा अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सूचीकृत भएको छ।
यसैगरी सानिमा हाइड्रोपावर लिमिटेडको १० प्रतिशतले हुन आउने कुल २५ लाख ५३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएका छ।
उता रिडि हाइड्रोपावरले पनि हालै वितरण गरेको ५ प्रतिशतले हुन आउने कुल २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।