काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएकोमा आज सुनको भाउ पुनः बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० रुपैलया घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८९ हजार कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८८ हजार ५५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार चाँदीको भाउ तोलामा १३०५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३३० कायम भएको महासंघले जनाएको छ ।