Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड

यसरी भयो ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

७, फाल्गुण २०७७
यसरी भयो ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड
images

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो।


ग्रीनलाइफको आईपीओमा १३ लाख २२ हजार ९७१ आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १३ लाख १९ हजार ५९ आवेदकका प्राप्त कुल २ करोड २६ लाख ३३ हजार १७० कित्ताका लागि भएको आवेदन सदर भएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार ३ हजार ९१२ आवेदकबाट प्राप्त कुल ५८ हजार ३२० कित्ताका लागि आवेदन भने बदर भएको छ।

३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले ३२ लाख ५१ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी २ कित्ता भने भाग्यमानी २ आवेदकलाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो। 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १०:१२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology