काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७।३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
फागुन ४ गते सम्पन्न इन्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।
हाल इन्स्योरेन्स्को चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ। ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ।