काठमाडौं । पछिल्लो केहि समय गिरावट भएको सुनको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको छ ।
पछिल्लो पाँच दिनयता सुनको भाउ निरन्तर रुपमा घटेको थियो । सोमबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्य भने लगातार चौथो दिन वृद्धि भएको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको थियो ।