काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ९० हजार ८ सयमा कारोबार भएकोमा आज (सोमबार) तोलामा एक सयले घटेको हो । आइतबार पनि सुनको भाउ तोलामा एक सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार २ सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आइतबार चाँदीको भाउ तोलामा १३३५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३४० पुगेको महासंघले जनाएको छ ।