Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने

दैनिकी न्यूज

३, फाल्गुण २०७७
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने
images

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार अर्थात् फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव पौडेलको भनाइ छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको कांग्रेसले सोही विषयमा थप छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०६:११:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology