काठमाडौं । बुधबार सुनको भाउ घटेको छ ।
आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ हिजो (मंगलबार) को तुलनामा ४०० रुपैयाँले कम हो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।